सुपर त्रिशूलीका मजदुरसहित चारवटा टिप्पर र दुई एक्साभेटर नदीमा फसे | Khabarhub Khabarhub

सुपर त्रिशूलीका मजदुरसहित चारवटा टिप्पर र दुई एक्साभेटर नदीमा फसे


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं : दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका ४ वटा टिप्प र एउटा एक्साभेटर फसेका छन् ।

सुपर त्रिशुली हाइड्रोपावरको ४ वटा टिप्पर र २ वटा एक्साभेटर त्रिशुली नदीको बीचमा फसेका हुन् । आयोजना निर्माणका लागि प्रयोग गरिएका ती साधनमा केही चालक र मजदुर पनि फसेका छन् ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भंगालो बनाएर खडा गरिएको कृ्त्रिम टापुमा ती साधान फसेका हुन्। तिनमा मजदुर र चालक पनि रहेका छन् । तर उनीहरू कति संख्यामा छन् भन्ने खुलेको छैन ।

लगातारको वर्षातका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले उद्वारमा कठिनाई भएको छ ।

नुवाकोटको बुट्टारमा सुपर त्रिशुली हाइड्रोपावर आयोजना निर्माणाधीन छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : २८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल चैत १ गते शुक्रबार चैत

आज २०८१ साल चैत १ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत १ गते शुक्रबार चैत

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौं – होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका