सुपर त्रिशूलीका मजदुरसहित चारवटा टिप्पर र दुई एक्साभेटर नदीमा फसे « Khabarhub

सुपर त्रिशूलीका मजदुरसहित चारवटा टिप्पर र दुई एक्साभेटर नदीमा फसे


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं : दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका ४ वटा टिप्प र एउटा एक्साभेटर फसेका छन् ।

सुपर त्रिशुली हाइड्रोपावरको ४ वटा टिप्पर र २ वटा एक्साभेटर त्रिशुली नदीको बीचमा फसेका हुन् । आयोजना निर्माणका लागि प्रयोग गरिएका ती साधनमा केही चालक र मजदुर पनि फसेका छन् ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भंगालो बनाएर खडा गरिएको कृ्त्रिम टापुमा ती साधान फसेका हुन्। तिनमा मजदुर र चालक पनि रहेका छन् । तर उनीहरू कति संख्यामा छन् भन्ने खुलेको छैन ।

लगातारको वर्षातका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले उद्वारमा कठिनाई भएको छ ।

नुवाकोटको बुट्टारमा सुपर त्रिशुली हाइड्रोपावर आयोजना निर्माणाधीन छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : २८ बजे

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

काठमाडौं– रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण