नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो, गाडीको लामो जाम « Khabarhub

नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो, गाडीको लामो जाम


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो डोजरले हटाउन थालेको छ ।

लेदोसहितको पहिरो खस्दा दुई घण्टादेखि संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ।

यसैबीच काठमाडौंतर्फ नागढुङ्गा नजिकै फेरि अर्को पहिरो खसेको छ । नौबीसेको लेदोसहितको पहिरो हटाइरहेका बेला नागढुंगातर्फ अर्को पहिरो खसेको हो ।

उक्त पहिरोका कारण संघीय राजधानी छाड्ने र भित्रिने सवारीसाधनको अर्को जाम लागेको छ । नौबीसेबाट धादिङतर्फ पहिले नै लामो जाम छ । यता नागढुंगातर्फ पनि पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

नौबीसेको पहिरो हटाउन थालिएको भने नागढुंगातर्फको पहिरो हटाउन पनि सडक विभागले डोजर पठाउँदैछ ।

उता मुग्लिङ-नारायणगढ र पोखरा सडकखण्डको अवस्था भने सामान्य छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : २० बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६