समाचार

नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो, गाडीको लामो जाम

By खबरहब

September 27, 2024

काठमाडौं– नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो डोजरले हटाउन थालेको छ ।

लेदोसहितको पहिरो खस्दा दुई घण्टादेखि संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ।

यसैबीच काठमाडौंतर्फ नागढुङ्गा नजिकै फेरि अर्को पहिरो खसेको छ । नौबीसेको लेदोसहितको पहिरो हटाइरहेका बेला नागढुंगातर्फ अर्को पहिरो खसेको हो ।

उक्त पहिरोका कारण संघीय राजधानी छाड्ने र भित्रिने सवारीसाधनको अर्को जाम लागेको छ । नौबीसेबाट धादिङतर्फ पहिले नै लामो जाम छ । यता नागढुंगातर्फ पनि पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ ।

नौबीसेको पहिरो हटाउन थालिएको भने नागढुंगातर्फको पहिरो हटाउन पनि सडक विभागले डोजर पठाउँदैछ ।

उता मुग्लिङ-नारायणगढ र पोखरा सडकखण्डको अवस्था भने सामान्य छ ।