ब्रेकिङ स्टोरी

खोटाङस्थित मध्यपहाडी लोकमार्गमा पहिरो, यातायात दुईतर्फी ठप्प

By खबरहब

September 27, 2024

खोटाङ‍- मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित सडकखण्डमा ठूलो पहिरो झरेको छ।

शुक्रबार मध्यान्ह १२ बजेको समयमा हलेसी तुवाचुङ नगरपालिका–१० बर्खेटारस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा करिब ४० मिटरमाथिबाट पहिरो झरेको हो ।

उक्त पहिरोले सडकको करिब २० मिटर खण्ड पुरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा दुईतर्फ यातायात ठप्प भएको छ । अहिले पहिरो झरेको स्थानमा प्रहरी पुगिसकेको छ।

प्रहरीका अनुसार सडक खुलाउन स्थानीय तह र सडक विभागसँग समन्वय भइरहेको छ । अहिले सडक विभागको एक्साभेटर पहिरो हटाउन पुगिसकेको प्रहरीले जनाएको छ ।