सहकारी डुबाएर फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ « Khabarhub

सहकारी डुबाएर फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी डुबेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ ।

उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए ।

उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन् ।

उनले आफूसँग भएको सम्पत्ति बेचविखन गरेर ऋण तिर्न सक्ने बताएका छन् । उनले आफूसँग ४४ ठाउँमा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका थिए ।

उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर सबै बचतकर्ताको ऋण तिर्ने बताएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ४ : ४३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको