पहिरोले संघीय राजधानी जोड्ने तीन ठूला सडक ठप्प « Khabarhub

पहिरोले संघीय राजधानी जोड्ने तीन ठूला सडक ठप्प


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिनदेखिको बर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढेको छ ।

खासगरी संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने तीन ठूला सडक पहिरोका कारण ठप्प भएका छन्।

मुग्लिङ-काठमाडौं सडकअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९ सुरुङमार्ग र सिम्लेमा लेदोसहितको पहिरो खसेकाले यातायात ठप्प भएको छ ।

पहिरोका कारण मुग्लिङ-नागढुङ्गा सडकखण्डको सवारी आवागमन पूर्ण रुपमा प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उता मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ र ४ मा खसेको पहिरोका कारण फाखेल र सिस्नेरीबाट हेटौंडा जाने र आउने सवारी आवागमन प्रभावित भएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसय बेँसीमा खहरे खोलाले ह्युम पाइप बगाउँदा सवारी आवागमन आंशिक प्रभावित भएको छ ।

अहिले त्यहाँ एकतर्फी सवारीसाधन सञ्चालन गरिएको छ । उता मुग्लिङ-नारायणगढ र मुग्लिङ-पोखरा सडकमा भने सामान्य अवस्थामा सवारीसाधन चलिरहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : २४ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको