खेलकुद

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित

By खबरहब

September 27, 2024

काठमाडौं– भारत र बंगलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल वर्षाले प्रभावित हुँदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ ।

बंगलादेशले टस हारेर पहिला ब्याटिंग सुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।

बंगलादेशका लागि मोमिनुल हक ४० रन बनाएर खेलिरहेका छन् भने मुश्फिकुर रहिम ६ रन बनाएर खेलिरहेका छन् । श्रीलंकाका कप्तान नाजमुल होसैन शान्तो ३१ रन बनाएर आउट भए भने ओपनर जाकिर हसन शुन्यमै आउट भएका थिए ।

भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विनले लिए ।

पहिलो दिन वर्षाले प्रभावित भएको खेल अब भोली सुरु हुने छ । २ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १-० ले अगाडी रहेको छ ।