समाचार

हाइड्रोको टिप्पर त्रिशूलीले बगायाे

By खबरहब

September 27, 2024

काठमाडौं– सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिप्पर नदीले बगाएकाे छ ।

दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चारवटा टिप्पर र दुईवटा एक्साभेटर नदीको बीच भागमा फसेका थिए ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भङ्गालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो ।

आयोजना निर्माणका लागि प्रयोग गरिएका ती सवारीसाधनमा केही चालक र मजदुर पनि फसेका छन् । तर, उनीहरू कति संख्यामा छन् भन्ने खुलेको छैन ।

लगातारको वर्षा कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले उद्दारमा कठिनाइ भएको छ ।

सुपर त्रिशुली हाइड्रोपावर आयोजना नुवाकोटको बुट्टारमा निर्माणाधीन छ ।