लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह « Khabarhub

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।

इजिप्टको कायरोस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

दूतावासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन नम्बर र इमेल ठेगाना समेत सार्वजनिक गरेको छ।

साथै लेबनानमा रहेका नेपाली नागरिकहरुले दूतावासको वेबसाइटमा रहेको लिंक मार्फत् आवश्यक विवरण उपलब्ध गराउन सकिने छ ।

इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा हवाई आक्रमण शुरु गरेपछि लेबनानको अवस्था नाजुक बनेको छ । अहिलेसम्म नेपाली नागरिकको अवस्था सुरक्षित रहेको बताइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : ५२ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४