अमेरिकामा बंगलादेशका अन्तरिम सरकारका प्रमुख युनुसविरुद्ध प्रदर्शन « Khabarhub

अमेरिकामा बंगलादेशका अन्तरिम सरकारका प्रमुख युनुसविरुद्ध प्रदर्शन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनिसविरुद्ध प्रदर्शन भएको छ ।

बंगलादेशमा अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै अमेरिकामा युनुस बसिरहेको होटेलअगाडि प्रदर्शन भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार प्रदर्शनकारीले युनुसको राजीनामा माग गरेका छन् । युनुसले अवैधानिक तथा गैरसंवैधानिक हिसाबले सत्ता कब्जा गरेको प्रदर्शनकारीको आरोप छ ।

आफूहरु धर्म निरपेक्ष लोकतन्त्रको पक्षमा रहेको भन्दै प्रदर्शनकारीले हिन्दू, इसाईजस्ता धार्मिक अल्पसङ्ख्यकविरुद्ध जारी दमनको निन्दा गरेका छन् ।

अमेरिका भ्रमणमा रहँदा मोहम्मद युनुसले अमेरिका, नेदरल्याण्ड्स, पाकिस्तान, नेपालजस्ता मुलुकका सरकार तथा राष्ट्रप्रमुखसँग भेटवार्ता गरेका छन् । सरकारविरोधी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि युनुस नयाँ सरकार प्रमुख नियुक्त भएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ३२ बजे

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर