नेपालको विकास र समृद्धि देखेर चीन खुसी छ : राजदूत चेन सङ « Khabarhub

नेपालको विकास र समृद्धि देखेर चीन खुसी छ : राजदूत चेन सङ


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर चीन खुसी रहेको बताएका छन् । यहाँस्थित चिनियाँ दूतावासले आज आयोजना गरेको जनवादी गणतन्त्र चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहमा उनले आफूहरु सधै बलियो र स्वतन्त्र नेपालको पक्षमा रहेको उल्लेख गर्दै यसबाट दुवै देशका जनताको साझा हित हुने धारणा राखे ।

उनले भने, “नेपाल र चीन हिमाल र नदिले जोडिएका छन्, दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएका छन् ।”

उनले नेपालका सडकमा चिनियाँ विद्युतीय कारहरू दौडिरहेकामा खुसी व्यक्त गरे । उनले ‘भाइब्रेन्ट भिलेज’ परियोजनामार्फत नेपालमा गरिएको अर्ग्यानिक तरकारी कतारमा निर्यात गरिएको, सुनकोशी मरिन डाइभर्सन सुरुङ सफलतापूर्वक सम्पन्नले आफूलाई खुसी बनाएको बताए ।

राजदुत चेनले चिनियाँ शैलीको आधुनिकीकरणको वास्तविकतालाई उजागर गर्दै चीनमा एक लाख ६० हजार किलोमिटर रेलमार्गको सपना साकार भएको उल्लेख गरे । उनले नयाँ युगको प्रारम्भदेखि हालसम्म चीनले गरिबीविरुद्धको ऐतिहासिक लडाई जितेको समेत स्मरण गरे ।

उनले चिनियाँ अन्वेषकहरूको अन्वेषणप्रतिको समर्पणकै कारण चिनियाँ अन्तरिक्ष स्टेसनलाई अन्तरिक्षमा यात्रा गर्न प्रेरित गरेको बताए । चिनियाँ कम्युनिष्ट पार्टीले विगत ७५ वर्षमा प्रमुख चुनौती, जोखिम, अवरोध र अन्तरविरोधबाट चिनियाँ जनतालाई मार्गदर्शन गरेको उल्लेख गर्दै उनले यसले चीनको सुरक्षा र विकासको स्थिरताका साथै प्रतिस्पर्धात्मकता, विकास र दिगोपनमा पनि निरन्तर सुधार गरेको धारणा व्यक्त गरे ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न दलका नेताहरु, सांसद, विभिन्न मुलुकका राजदूत, उच्च सुरक्षा अधिकृत, व्यावसायिक, विभिन्न क्षेत्र विज्ञ, सञ्चाकर्मीलगायतको उपस्थिति थियो । सो अवसरमा नेपाल र चीनका संस्कृतिसँग सम्बन्धित नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ४० बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल