नेपालको विकास र समृद्धि देखेर चीन खुसी छ : राजदूत चेन सङ « Khabarhub

नेपालको विकास र समृद्धि देखेर चीन खुसी छ : राजदूत चेन सङ


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर चीन खुसी रहेको बताएका छन् । यहाँस्थित चिनियाँ दूतावासले आज आयोजना गरेको जनवादी गणतन्त्र चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहमा उनले आफूहरु सधै बलियो र स्वतन्त्र नेपालको पक्षमा रहेको उल्लेख गर्दै यसबाट दुवै देशका जनताको साझा हित हुने धारणा राखे ।

उनले भने, “नेपाल र चीन हिमाल र नदिले जोडिएका छन्, दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएका छन् ।”

उनले नेपालका सडकमा चिनियाँ विद्युतीय कारहरू दौडिरहेकामा खुसी व्यक्त गरे । उनले ‘भाइब्रेन्ट भिलेज’ परियोजनामार्फत नेपालमा गरिएको अर्ग्यानिक तरकारी कतारमा निर्यात गरिएको, सुनकोशी मरिन डाइभर्सन सुरुङ सफलतापूर्वक सम्पन्नले आफूलाई खुसी बनाएको बताए ।

राजदुत चेनले चिनियाँ शैलीको आधुनिकीकरणको वास्तविकतालाई उजागर गर्दै चीनमा एक लाख ६० हजार किलोमिटर रेलमार्गको सपना साकार भएको उल्लेख गरे । उनले नयाँ युगको प्रारम्भदेखि हालसम्म चीनले गरिबीविरुद्धको ऐतिहासिक लडाई जितेको समेत स्मरण गरे ।

उनले चिनियाँ अन्वेषकहरूको अन्वेषणप्रतिको समर्पणकै कारण चिनियाँ अन्तरिक्ष स्टेसनलाई अन्तरिक्षमा यात्रा गर्न प्रेरित गरेको बताए । चिनियाँ कम्युनिष्ट पार्टीले विगत ७५ वर्षमा प्रमुख चुनौती, जोखिम, अवरोध र अन्तरविरोधबाट चिनियाँ जनतालाई मार्गदर्शन गरेको उल्लेख गर्दै उनले यसले चीनको सुरक्षा र विकासको स्थिरताका साथै प्रतिस्पर्धात्मकता, विकास र दिगोपनमा पनि निरन्तर सुधार गरेको धारणा व्यक्त गरे ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न दलका नेताहरु, सांसद, विभिन्न मुलुकका राजदूत, उच्च सुरक्षा अधिकृत, व्यावसायिक, विभिन्न क्षेत्र विज्ञ, सञ्चाकर्मीलगायतको उपस्थिति थियो । सो अवसरमा नेपाल र चीनका संस्कृतिसँग सम्बन्धित नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ४० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००