अन्तर्राष्ट्रिय

भारत र यूएईबीचको व्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने

By खबरहब

September 27, 2024

काठमाडौं – भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकोव्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने देखिएको छ ।भारत र यूएईबीच सन् २०३० सम्म १ खर्ब अमेरिकी डलरबराबरको व्यापार गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

प्राइमस पार्टसर्नले जारी गरेको पछिल्लो तथ्यांकअनुसारआर्थिक वर्ष सन् २०२२–२३ मा दुई मुलुकबीच ८५ अर्ब डलरबराबरको व्यापार भएको छ । यूएई भारतको तेस्रो ठूलोव्यापारिक साझेदार हो भने दोस्रो ठूलो निर्यात गन्तव्य हो ।

भारतले यूएईतर्फ मुख्यगरी बहुमूल्य धातु, रत्न, गहनाजस्तावस्तु निर्यात गर्दै आएको छ । त्यसैगरी, भारतले अन्न, चिनी, फलफूल, तरकारीजस्ता वस्तु पनि यूएईतर्फ निर्यात गर्छ ।