सिन्धुली र नवलपरासीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

सिन्धुली र नवलपरासीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो तीन घण्टामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा भारी वर्षा मापन गरिएको छ । डण्डा, दुम्कौली, देउराली नवल र आसपास भारी बर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्रमा राति थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । साथै सो क्षेत्र भइ बहने बिनाई खोला, अरुङ्ग खोला र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकोले नदी तटिय क्षेत्रका बासिन्दालाई भोलि दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै सिन्धुलीमा पनि भारी वर्षा भइरहेको छ । जसका कारण कमला नदीले जलसतह सतर्कता तह पार गरेको विभागले जनाएको छ । सो क्षेत्रमा थप बर्षाको पूर्वानुमान रहेकोले खतरा तह पार गर्ने पूर्वानुमान रहेको छ । कमला नदी तटीय क्षेत्रका बासिन्दालाई पनि भोलि दिउँसो सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबार बिहानैदेखि देशका अधिकाशं स्थानमा लगातार वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहनुकासाथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । राति पनि देशभर नै पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : १२ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान