समाचार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

By खबरहब

September 27, 2024

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका थप एउटा टिप्पर र दुईवटा स्काभेटर बगाएको छ ।

दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा शुक्रबार राति १० बजेतिर टिप्पर र स्काभेटरलाई बगाएको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार साँझ त्रिशुलीमा आएको बाढीले दुई वटा टिप्पर बगाएको थियो ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भङ्गालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । लगातारको वर्षा कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ ।

उक्त स्थानमा मान्छे भने नफसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुपर त्रिशुली हाइड्रोपावर आयोजना नुवाकोटको बुट्टारमा निर्माणाधीन छ ।

याे पनि…

त्रिशुलीको बाढीले दुई वटा टिप्पर बगायो