आज २०८१ साल कात्तिक ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक ११ गते आइतबारको राशिफल


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक ११ गते आइबार तदनुसार सन् २०२४ अक्टुबर २७ तारिख। कात्तिक कृष्ण पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी सामान्य छ।  ठुलो योजनामा वा काममा हात नहालेको राम्रो हुन्छ। जटिल परिस्थिति देखिए पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समय राम्रो छ। श्रम गरेको क्षेत्रबाट प्रगति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सामान्य लाभ मिल्नेछ। स्वदेशी लगानीबाट फाइदा हुने योग छ।

मिथुन : दिन संघर्षपूर्ण छ। कुरा काट्नेहरु बढ्नेछन्। ठूला उद्योगमा हात नलगाउनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : विवाद बढ्नेछ। सामाजिक सेवामा मन जानेछ। परिवारको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रविधिको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : कुनै योजना भए गोप्यता कायम गर्नु राम्रो हुनेछ। पारिवारिक खटपट हुने योग रहेकाले बोल्दा ख्याल गर्नुपर्ने दिन छ। सोचेको काम नबन्ने जोखिम छ।

कन्या : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले दिएको राम्रो सल्लाह अनुसार अगाडि बढ्नु उचित हुन्छ। परिवारको साथ मिल्नेछ। बन्धुको साथ लिएमा फाइदा होला।

तुला : आफ्नो प्रभाव विस्तार हुनेछ। तपाईंका खुट्टा तान्ने व्यक्तिसँगसँगै भएकाले व्यवहारमा विशेष ध्यान दिनुपर्ने दिन छ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। पश्चिमको लामो यात्रामा नगर्नु राम्रो हुन्छ। परिवारमा तपाईंको बोली नबिक्ने भएकाले चुपचाप काम गर्नुपर्ने समय छ।

धनु : आइसकेको अवसर गुम्ने जोखिम छ। खर्च बढ्ने खतरा छ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दाजुभाइसँग सहकार्य गरेमो आम्दानी बढ्नेछ। अधुरा काम बन्नेछन्। गुम्न लागेको धन फिर्ता हुने योग छ। आज गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

कुम्भ : दाजुभाइसँगको सहकार्यमा सफलता मिल्नेछ। झुठा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विवाद बढ्नेछ। साथीसँगको मनमुटावले दिन खराब बन्नसक्छ। कम बोलेर फाइदा लिन सक्नुहुन्छ।

मीन : काम बन्ने योग छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता प्राप्त होला। आम्दानी बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : २० बजे

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको