रियल म्याड्रिडमाथि बार्सिलोनाको चार गोल : १७ वर्षीय यमालले बनाए रेकर्ड « Khabarhub

रियल म्याड्रिडमाथि बार्सिलोनाको चार गोल : १७ वर्षीय यमालले बनाए रेकर्ड


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लागिको शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ४-० को शानदार जित हात पारेको छ। यो जितसँगै बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी रियलमाथि ६ अङ्कको अग्रता कायम गरेको छ।

शीर्ष स्थानको बार्सिलोनाको ११ खेलमा ३१ तथा समान खेल खेलेको रियलको २४ अङ्क छ। भिल्लारियलको २१ अङ्क छ।

बार्सिलोनाको जितमा रोबर्ट लेडवास्कीले दुई गोल गरे। रियल आफ्नो अपराजित लिग खेलको यात्रा ४३ औँ खेलसम्म लम्ब्याउने प्रयासमा थियो। यस खेलमा नहारेको भए बार्सिलोनाले सन् २०१७ को अप्रिलदेखि सन् २०१८ को मेसम्म कायम गरेको कीर्तिमानसँग बराबरी गर्ने थियो।

पहिलो हाफ बराबरीमा सकिएको सो खेलमा दोस्रो हाफमा भने बार्सिलोनाले रियललाई तहसनहस पारेको थियो। ५४ औँ मिनेटमा मार्क कासाडोको थ्रो पासमा लेडवास्कीले पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अलेजान्द्रो बाल्डेको क्रसमा हेड मार्फत गोल गरे।

१७ वर्षीय लामिन यमालले ७७ औँ मिनेटमा गोल गरे। उनी एल क्लासिकोमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडी समेत बने। ब्राजिलियन स्टार राफिन्हाले ८४ औँ मिनेटमा गोल गरे।

शनिबार राति भएको खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २-१ ले, लास पल्मासले गिरोनालाई १-० ले तथा रायो भल्काननोले डेपोर्टिभो अल्भासलाई १-० ले हराएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ३७ बजे

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति

किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्छौँ : कृषिमन्त्री

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई

राष्ट्रसङ्घको महासभामा नेताहरुको सम्बोधन आजदेखि : इरान युद्ध र एआई प्रमुख एजेण्डा

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आजदेखि विश्वका नेताहरुले आजदेखि

प्रसारण लाइन निर्माण : प्रभावितलाई  दश करोड ३३ लाख मुआब्जा

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन

मौसम विभागमा पुगे गृह र ऊर्जामन्त्री, मौसमविद्सँग के भयो सल्लाह ?

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त