सहकारी ठगीमा प्रश्न उठेका कांग्रेस-एमाले नेता पनि तानिन्छन् : ईश्वर पोखरेल « Khabarhub

सहकारी ठगीमा प्रश्न उठेका कांग्रेस-एमाले नेता पनि तानिन्छन् : ईश्वर पोखरेल


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुनमार्फत् विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छन् ।

एमाले काठमाडौं ३१ नम्बर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै पोखरेलले अनियमितता गर्ने जोकोहीलाई छुट नदिई कारबाही गनुपर्छ भन्नेमा पार्टी दृढ रहेको बताए।

उनले केही कमजोरीलाई लिएर सामाजिक सद्भाव खल्बल्याउने कोशिश भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खल्बलाउने छुट कसैलाई नभएको दाबी गरे ।

सहकारी ठगी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लाग्ने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरूमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे ।

आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने भए पनि मुलुकमा संकट परेका बेला ठूला दलहरू एक हुनुपरेको उनले बताए । पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन नसक्ने उल्लेख गरे ।

पोखरेलले चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै यसले सामाजिक सद्भाव र एकतालाई मजबुत बनाउने जिकिर गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : ०८ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक