माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते | Khabarhub Khabarhub

माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

 

माले- माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि दुईजना नेपाली खेलाडीले जितेका छन् ।

माल्दिभ्सको हुल्हुमालेमामा भएको १५औँ धिरागु माल्दिभ्स रोड रेसमा नेपालकी ‘गोल्डेन गर्ल’ धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोषविक्रम विष्टले दुई–दुई स्वर्ण पदक जितेका छन् ।

माल्दिभ्स एथलेटिक क्लब आइल्याण्ड रनर माल्दिभ्सका तर्फबाट व्यावसायिक खेल खेल्दै आएका सन्तोषी र सन्तोषले शुक्रबार भएको दुई खेलमा हाफ म्याराथन र ५ किलोमिटरको मुख्य विधामा स्वर्ण जितेका हुन् ।

सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सेकेन्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटरको दूरी क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा पूरा गरे ।

हाफ म्याराथनमा मुख्य विधामा सन्तोषीले सम्हा अहमद र निजमिना अहमदलाई पछि पार्दै उपाधि जितिन् । सन्तोषले हुसेन फाजिल र युसुफ इब्राहिमलाई पछि पारेका छन् ।

जितसँगै सन्तोषीले माल्दिभियन रुपियाँ २५ हजार र १० हजार गरी तीन लाखभन्दा बढी नेपाली रुपैयाँ पुरस्कार पाएकी छिन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : १७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

वासिङ्टन– अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले छ अर्ब

 सप्तरीमा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

सप्तरी– सप्तरीमा  मर्निङ वाकमा हिँडेका एक वृद्धको सवारी दुर्घटनामा मृत्यु भएको

 शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा

काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

भोजपुर– रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको