चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण « Khabarhub

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको छ ।

शुक्रबार ललितपुरमा आयोजित विशेष समारोहबीच ‘युन्नान कमर्सियल रिप्रेजेन्टेटिभ अफिस इन नेपाल’ले नगरपालिका-३ लाई ती योजना हस्तान्तरण गरेको हो ।

जसमा युनिसोलर शावर स्टेशन नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक बाथरूम पनि छ । उक्त बाथरुममा पुरुष र महिलाका लागि ३–३ स्नान कोठा छन्, जहाँ दैनिक सयजनासम्मले नुहाउन सक्छन् ।

उक्त बाथरुममा चार हजार लिटर तातो पानीको सुविधा छ । उक्त पानी सौर्य ऊर्जाबाट तताउने व्यवस्था गरिएको छ ।

रुफटप फोटोभोल्टिक परियोजनाको क्षमता ३६ किलोवाट छ, जसले वार्षिक लगभग ६० हजार किलोवाट ऊर्जा उत्पादन गर्न सक्छ ।

समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहयोगका लागि चिनियाँ पक्षप्रति आभार व्यक्त गरे । यो परियोजनाले स्थानीयलाई फाइदा हुने उनले बताए ।

उनले निकट भविष्यमा युन्नान प्रान्तसँग थप सहकार्य गर्न नगरपालिकाले प्रयास गरिरहेको जानकारी दिएका छन् ।

उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चिनियाँ विकास मोडलमा आधारित यो परियोजनाले नेपाली जनताका लागि ठूलो महत्त्व राख्न सक्ने बताए ।

भाइब्रेन्ट भिलेज परियोजनाअन्तर्गत दुर्गम क्षेत्रमा कृषि, सौर्य ऊर्जा, विद्यालय सहयोग कार्यक्रमलगायत विभिन्न परियोजनामा चिनियाँ पक्ष संलग्न रहेको उनले जानकारी दिए ।

युन्नान प्रान्तीय सरकारको तर्फबाट नेपालमा युन्नान व्यावसायिक प्रतिनिधि कार्यालय सन् २०१५ मा स्थापना भएको हो । कार्यालयका निर्देशक याङ चेनफेङले सन् २०२२ देखि हालसम्म २ वटा मैत्रीपूर्ण पार्क, ३ वटा सौर्य ऊर्जा परियोजना, २ वटा पब्लिक शावर परियोजना र २ वटा स्कुल ब्याग डोनेसन परियोजना गरी ९ वटा जीविकोपार्जन परियोजना सकेको बताए ।

‘यी दुई परियोजनाले स्थानीयको जीवनस्तरमा सुधार ल्याउनेछ र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । साथै शहरको गुणस्तर पनि बढाउनेछ,’ याङले भने ।

परियोजना हस्तान्तरणपछि वडा नम्बर ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले यसले चिनियाँ विकासलाई प्रतिबिम्बित गर्ने र अन्य ठाउँमा पनि यस्तै अभ्यास लागू गर्न पाठ सिक्न सकिने बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १ : ४२ बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी