भारतविरुद्धको खेलमा दर्शकले भरिभराउ दशरथ रंगशाला (तस्बिरहरू) « Khabarhub

भारतविरुद्धको खेलमा दर्शकले भरिभराउ दशरथ रंगशाला (तस्बिरहरू)


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनल खेल हेर्न पुगेका नेपाली दर्शकले दशरथ रंगशाला भरिएको छ।

भुटानलाई हराएर बङ्गलादेश फाइनलमा पुगिसकेको अवस्थामा दोस्रो सेमिफाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग अबको केहीबेरमा प्रतिस्पर्धा  गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो सेमिफाइनमा नेपाल र भारतबी साँझ साढे ६ बजे सुरु हुँदैछ ।

समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका थिए । बंगलादेश साविक विजेता हो भने नेपाल पहिलो उपाधिको खोजीमा छ ।

समूह चरणमा श्रीलंकालाई हराएर नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । यस पटक उपाधि घरमै राख्ने योजनासहित नेपाल भारतलाई हराएर फाइनलमा पुग्ने योजनामा छ । भारत पाँच पटकको विजेता हो भने नेपाल पनि पाँच पटकको उपविजेता हो ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल हेर्न जाने दर्शकका कारण दशरथ रंगशाला भरिएको छ । खेल सुरु हुनुअघि नै रंगशालामा दर्शकको घुइँचो लागेको छ ।

नेपाली फुटबल टोलीका समर्थकहरू राष्ट्रिय झन्डासहित दशरथ रंगशालामा छिर्ने क्रम जारी छ । सुरक्षाकर्मीलाई समर्थकलाई गेटमा सम्हाल्न मुस्किल परेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : २४ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले