भारतविरुद्धको खेलमा दर्शकले भरिभराउ दशरथ रंगशाला (तस्बिरहरू) | Khabarhub Khabarhub

भारतविरुद्धको खेलमा दर्शकले भरिभराउ दशरथ रंगशाला (तस्बिरहरू)


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनल खेल हेर्न पुगेका नेपाली दर्शकले दशरथ रंगशाला भरिएको छ।

भुटानलाई हराएर बङ्गलादेश फाइनलमा पुगिसकेको अवस्थामा दोस्रो सेमिफाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग अबको केहीबेरमा प्रतिस्पर्धा  गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो सेमिफाइनमा नेपाल र भारतबी साँझ साढे ६ बजे सुरु हुँदैछ ।

समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका थिए । बंगलादेश साविक विजेता हो भने नेपाल पहिलो उपाधिको खोजीमा छ ।

समूह चरणमा श्रीलंकालाई हराएर नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । यस पटक उपाधि घरमै राख्ने योजनासहित नेपाल भारतलाई हराएर फाइनलमा पुग्ने योजनामा छ । भारत पाँच पटकको विजेता हो भने नेपाल पनि पाँच पटकको उपविजेता हो ।

नेपाल र भारतबीचको सेमिफाइनल खेल हेर्न जाने दर्शकका कारण दशरथ रंगशाला भरिएको छ । खेल सुरु हुनुअघि नै रंगशालामा दर्शकको घुइँचो लागेको छ ।

नेपाली फुटबल टोलीका समर्थकहरू राष्ट्रिय झन्डासहित दशरथ रंगशालामा छिर्ने क्रम जारी छ । सुरक्षाकर्मीलाई समर्थकलाई गेटमा सम्हाल्न मुस्किल परेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : २४ बजे

भारतलाई हराउँदै फाइनल पुगेपछिको खुसी (तस्बिरहरू)

काठमाडौं – नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको

साम्बा ‘प्लेयर अफ द म्याच’

काठमाडौं – साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल पुगेको

भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै

रोकिएको खेल सुरु, साम्बाले फर्काइन् बराबरी गोल

काठमाडाैं – नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ । एक