दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए « Khabarhub

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्वा छन्।

शनिबार साँझ करिब साढे ५ बजेको समयमा जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय, मुजेलियाबाट खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित बाबा आयल सेन्टरअगाडिबाट दुई क्विन्टल २१ केजी ३८ ग्राम गाँजा बरामद गरेको हो ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् । प्रहरीले ट्रक चालक र गाँजा सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक तिवारीले विशेष सूचनाको आधारमा प्रहरी टोलीले ना ५ ख १७७ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा पछाडितर्फ बडीको भागमा फल्स बटम बनाई राखेको गाँजाको १२ वटा पोका बरामद भएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ३५ बजे

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज ३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३ गते  शनिबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण