प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट | Khabarhub Khabarhub

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।

राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन भारतीय सेनाका विंग कमान्डर पीआर पोंनाप्पाको नेतृत्वमा १८ सदस्यीय भारतीय सेनाको टोली कार्तिक ५ गतेदेखि नेपालमा रहेको छ ।

विसं २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्ररछात्राहरुले विसं २०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागीता जनाउँदै आई रहेका छन् ।

यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।

नेपाल भ्रमणमा रहेको भारतीय नेशनल क्याडेट क्रप्सका टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्ररछात्राहरूको समेत सहभागिता रहेको छ । जङ्गी अड्डामा आज आयोजित भेटघाट कार्यक्रममा रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत युथ एक्सचेन्ज प्रोग्राममा सहभागी नेपाल तथा भारतका नेशनल क्याडेट क्रप्सका छात्र छात्राहरूको उपस्थिति थियो ।

राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्ररछात्राहरुले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७ हजार ७०४ छात्ररछात्राहरु उक्त तालिम सहभागी भई रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : १३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’