भारतविरुद्ध सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरी « Khabarhub

भारतविरुद्ध सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरी


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।

नेपालले खेलमा गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । तर पहिलो हाफको धेरैजसो समय नेपालले भारतमाथि दबाब बनाएको थियो ।

भारतले खेलको सुरुमै आक्रामक खेले पनि गोलमा परिणत गर्न सकेन । भारतले दुईवटा सुन्दर अवसर खेर फ्याँक्यो । भारतकी प्रमुख खेलाडी बालादेवीले पहिलो हाफमा मैदान छाडिन् ।

यस खेलको विजेताले बुधबार हुने फाइनल खेलमा बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आइतबार नै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ७ : २८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको