ब्रेकिङ स्टोरी

गोल विवादले नेपाल र भारतबीचको खेल अवरुद्ध

By खबरहब

October 27, 2024

काठमाडौं – नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनावपूर्ण बनेको छ ।

खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि नेपाली खेलाडीहरुले विरोध गरिरहेका छन् । खेलमा भारतले खेलको ७०औ मिनेटमा गोल गरेर १–० को अग्रता लिएको थियो ।

त्यसपछि खेल शुरु भएपछि नेपालले लगतै गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपालले विरोध गरेको छ । अहिले खेल अवरुद्ध भएको छ र रेफ्रीहरु छलफलमा रहेका छन् ।

रेफ्रीले खेल फेरी शुरु गर्न खोजेपछि नेपालले गोलको मान्यता नदिएको भन्दै विरोध गरिरहेको छ । यसअघि पहिलो हाफमा पनि रेफ्रीले नेपालले पेनाल्टी क्षेत्रमा भएको ह्याण्ड बल दिन अस्वीकार गरेकी थिइन् ।