विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित | Khabarhub Khabarhub

विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ ।

समितिका सभापति नहुँदा लेखा समितिमा छलफल हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफलसमेत हुन सकेको छैन । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत विधेयकमाथिको छलफल पनि अघि बढ्न नसकेको प्रदेशसभा सदस्यले बताएका छन् ।

प्रदेश तहमा कानुन निर्माणको भूमिकादेखि आवश्यक कामकारबाहीमा निगरानी राख्ने अधिकार रहेको विषयगत समितिलाई ‘मिनी’ संसद्का रुपमा लिइन्छ । समिति नेतृत्वविहीन हुँदा विकासलगायत कामको समेत अनुगमन गर्ने काम प्रभावित बनिरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य घनश्याम चौधरीले बताए ।

स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशी समिति सभापति निर्वाचित हुँदा काममा दबाब पर्छ भन्ने मनसाय देखिएकाले सभापति चयनमा सत्ता पक्षले बेवास्ता गरिरहेको बताए ।

समितिका सभापति चयन गर्ने विषयमा सत्ता साझेदार दलबीच समझदारी जुट्न नसक्दा चार महिनादेखि नेतृत्वविहीन भएका समितिहरुको नेतृत्व चयन गर्न सभामुखले ‘रुलिङ’ गर्दा पनि प्रक्रिया अगाडि बढेको छैन ।

सभामुख भीमबहादुर भण्डारीले गएको असोज ११ गते नै प्रदेशसभामा रिक्त रहेका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिका सभापतिको निर्वाचन गराउन प्रदेशसभाको बैठकमा ‘रुलिङ’ गरेका थिए ।

प्रदेशसभा सचिवालयले असोज ११ गतेका लागि समितिका सभापतिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको भए पनि दलहरुबीच पदमा सहमति जुट्न नसक्दा निर्वाचन अनिश्चित बनेको छ । विधायन तथा प्रदेश मामिला समितिबाहेक अन्य तीनवटा समितिको सभापति चयन नहुँदा समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका छन् ।

गत वर्षको पुसमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका माया पन्त, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का वीरबहादुर थापा र विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह बिष्ट निर्वाचित भएका थिए ।

सरकार फेरबदलसँगै विधायन तथा प्रदेश मामिला समिति सभापतिबाहेक अन्य समिति नेतृत्वविहीन छन् । पर्याप्त ‘बिजनेस’ नहुँदा एक महिनादेखि प्रदेशसभाको बैठक पनि बस्न सकेको छैन । पछिल्लो निर्वाचनमार्फत गठन भएको प्रदेशसभापछि यहाँ चार सरकार गठन भइसकेका छन् । पटकपटक सरकार फेरबदल भएका कारण सरकारका कामकारबाही पनि यो बीचमा प्रभावित भएका थिए ।

सत्ता समीकरणमा देखिएको अस्थिरताकै कारण तत्कालीन सरकारले चालु आर्थिक वर्षका लागि गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि नयाँ सरकारले गत भदौ ३१ गते अर्को बजेट प्रस्तुत गर्नुपरेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ८ : ४४ बजे

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना

प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले