तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी | Khabarhub Khabarhub

तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सिटी


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा ३ गोलको अग्रता जोगाउन नसकेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

तीन गोलले पछाडि परेको फियुनार्डसँग सिटी ३-३ गोलको बराबरीमा रोकिएको हो। एर्लिङ हलान्डको २ तथा इल्के गुर्डोगानको एक गोलमा सिटी ५३ औं मिनेटसम्म तीन गोलले अघि थियो।

हारको नजिक पुगिसकेको डच टोली फियुनार्डलाई कम ब्याक गराउने क्रममा सिटीको रक्षापक्तिको गल्तीको पाइदा उठाउँदै ७५ औँ मिनेटमा हाडजी मोउसाले पहिलो गोल गरे। वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका स्यान्टियागो गिमेनेजले ८२ औँ मिनेटमा छातीले बललाई नियन्त्रणमा लिँदै आकर्षक गोल गरेका थिए। ८९ औँ मिनेटमा डेभिड हान्कोले गोल गर्दै फियुनार्डलाई महत्त्वपूर्ण खेलमा एक अङ्क दिलाए।

गएको ४ साता सिटीका लागि अत्यन्त खराब भएको छ। इएफएल कपबाट बाहिरिएको सिटी यसै बिचमा प्रिमियरसिपका तीन खेलमा पराजित भयो। साथै च्याम्पियन्स लिगका २ खेलमा १ अङ्क मात्र बटुल्न सफल भयो।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : ०५ बजे

‘चीनको चमत्कारिक आर्थिक विकासबाट नेपालले सिक्न सक्छ’

बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका

कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ

करणको विस्फोटक ब्याटिङ, दश बलमा २८ रन बनाएर आउट भए

काठमाडौं- कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजका क्याप्टेन करण केसीले विस्फोटक

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता

सियोल– दक्षिण कोरियाली राष्ट्रपति योन सुक युयोलको विरुद्धमा महाअभियोगको प्रक्रिया

चितवनमा दोस्रो दिन रविको बयान सुरू, आजै सक्ने प्रयास

चितवन- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ