च्याम्पियन्स लिगमा इटालियन शक्तिको सफलता « Khabarhub

च्याम्पियन्स लिगमा इटालियन शक्तिको सफलता


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको युरोपेली च्याम्पियन्स लिगमा इटालियन शक्ति एसी मिलानले लगातार तेस्रो जित हात पारेको छ। टेमी अब्राहमको गोलमा एसी मिलानले मंगलबार राति भएको खेलमा स्लोभान ब्राटिस्लाभालाई ३-२ ले हराएको हो। २० मिनेट बाँकी रहँदा डेभिड स्ट्रेलेकले मिस पास गरेपछि त्यसै बल लगेर इङ्लिस स्ट्राइकर अब्राहमले विपक्षी गोलरक्षक डोमिनिक टाकाकलाई पार गरे।

यसअघि अब्राहमकै पासमा क्रिस्चीयन पुलिसिकले २१ औं मिनेटमा नै भ्रमणकारी इटालियन शक्तिलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि स्लोभानका लागि टिग्रान बार्सेघ्यानले गोल गरे। ६८ औं मिनेटमा राफेल लियोले मिलानका लागि अर्को गोल गरे।

त्यसको ३ मिनेटपछि नै अब्राहमले गोल गरेका हुन्। खेल सकिन दुई मिनेट बाँकी रहँदा निनाको मासेलीले स्लोभानका लागि अर्को गोल गरे। अन्तिम मिनेटमा स्लोभानका मार्को टोलिकले रातो कार्ड पाए।

सुरुवाती दुई खेलमा लिभरपुल र लिभरकुसेनसँग हारको सामना गरेको मिलानले त्यसपछि रियल म्याड्रिड र क्लब ब्रुगलाई हराएको हो।

अर्को खेलमा इन्टर मिलानले जर्मनीको आरपी लेपिजलाई १-० ले हराएको छ। २७ औं मिनेटमा फेड्रिको डिमार्कोको फ्रिकिकलाई लेपिजका रक्षक कास्टेलो लुकेबाले नियन्त्रणमा लिन खोज्दा आफ्नै पोस्टमा छिराएका थिए। सोही आत्मघाती गोल नै निर्णायक बनेको हो।

पाँच खेलमा १३ अङ्कसहित इन्टर मिलान च्याम्पियन्स लिगको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अर्को मंगलबार नै अर्को इटालियन शक्ति एटलान्टाले पनि यङ ब्वाइजलाई ६-१ ले हराएको छ। सो खेलमा र्चालस डी केटवाराले २ गोल गर्नुका साथै ३ एसिस्ट गरेका थिए।

पाँच खेलमा अपराजित रहेको एटलान्टा पनि तालिकाको चौथो स्थानमा छ। १० औँ मिनेटमा माटेलोरेटुएगुको गोलमा अग्रता लिएको एटलान्टाको विरुद्धमा सिल्भेर ग्वानभाउलाले बराबरी गोल गरे। पहिलो हाफमा नै एटलान्टाले थप तीन गोल गरेको थियो। यङ ब्वाइजको भने यो पाँचौँ खेलमा पाँचौँ हार हो।

च्याम्पियन्स लिगका अन्य खेलमा आर्सनलले स्पोर्टिङ सिपीलाई ५-१ ले हराएको छ। वायरन लिभरकुसेनले पनि रेडबुल साल्ज वर्गसँगको खेलमा ५-० को जित हात पारेको छ। यसैगरी एट्लेटिको म्याड्रिडले स्पार्टा प्रागलाई ६-० ले हरायो।

तालिकामा इन्टर मिलान १३ अङ्कसहित शीर्ष स्थानमा छ। तथापि तेस्रो स्थानमा रहेको लिभरपुलले एक खेल कम खेलेको छा। लिभरपुलको १२ अङ्क छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको १२ अङ्क छ। चौथो स्थानको एटलान्टाको ११ अङ्क छ। लिभरकुसेन, मोनाको, आर्सनल, स्पोर्टिङ सिपी र ब्रेस्टको १० अङ्क छ। यी मध्य मोनाकोले एक खेल कम खेलेको छ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ८ : ३२ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष