हेटौँडा–१२ को उपनिर्वाचनमा उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त | Khabarhub Khabarhub

हेटौँडा–१२ को उपनिर्वाचनमा उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१२ मा यही मंसिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उमेदवारहरू घरदैलोमा जुटेका छन् ।

चुनावी मैदानमा उत्रिएका सबै उमेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उमेदवारले वडामाका समस्या समाधान गरी विकास–निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।

हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उमेदवार बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीनजना गरी १२ जना उमेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य दलबीच नै प्रतिष्पर्धा हुने 
२०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मुख्य तीन दलबीच तीव्र प्रतिस्पर्धा भएकामा अहिले पनि कडा प्रतिस्पर्धा हुनेछ ।  माओवादी केन्द्रलाई आफ्नो पुरानो साख जोगाउने चुनौती छ भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।

२०७९ सालकाे निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलान एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुन तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका राजेश नगरकोटीले एक हजार ३२५ मत ल्याएका थिए ।

माओवादी केन्द्रबाट नयाँ उमेदवार हुँदा कांग्रेस र एमालेले पुरानै उमेदवारलाई मैदानमा उतारेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : १० बजे

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता

म्याग्दी – म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक