गुल्मीमा धान उत्पादन वृद्धि « Khabarhub

गुल्मीमा धान उत्पादन वृद्धि


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ । गत वर्ष सात हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा सीमित रह्यो ।

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो । गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ । यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन् ।

मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबागलगायत फाँटमा पनि अधिक धान उत्पादन हुने गरेको छ ।

यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १२ : ०३ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि