प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको पेसी न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा « Khabarhub

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको पेसी न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

यसअघि आइतबार सर्वोच्चले प्रसाईंलाई अदालतमा उपस्थित गराउन विपक्षीका नाममा आदेश दिएको थियो । सो आदेश अनुसार प्रसाईंलाई हिजो सर्वोच्चमा उपस्थित गराइएको थियो ।

प्रसाईंका छोरा निराजनले बाबु दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखिएको भन्दै यही मंसिर ४ गते बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने अफवाह फैलाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १२ : ४२ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र