प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको पेसी न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा « Khabarhub

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको पेसी न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

यसअघि आइतबार सर्वोच्चले प्रसाईंलाई अदालतमा उपस्थित गराउन विपक्षीका नाममा आदेश दिएको थियो । सो आदेश अनुसार प्रसाईंलाई हिजो सर्वोच्चमा उपस्थित गराइएको थियो ।

प्रसाईंका छोरा निराजनले बाबु दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखिएको भन्दै यही मंसिर ४ गते बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने अफवाह फैलाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १२ : ४२ बजे

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक