भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा « Khabarhub

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरूलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेत प्रदान गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा . कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताए।

उनले भने ‘यसरी उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुन्छ ।’ 

अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उनको भनाई छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा शुरु गरिएको उनले बताए।

विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको जनाउँदै क्रमशः व्यवस्थित गर्दै लैजाने उनले जानकारी दिए। दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उनको भनाइ छ । अस्पतालको बाल रोग विभागमा ६६ श्या छन् ।

अस्पताल आफैले सामग्री खरिदगरी शुरु गरेसँगै विभिन्न दाताहरूले थप सामग्रीहरू सहयोग गर्ने वचन दिएको उनले बताए। अस्पतालमा एनआईसीयू, पीआईसियु सेवा समेत छ । 

यो संघीय अस्पताल हो । यहाँ चितवन सहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  २ : १६ बजे

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती