शेयर बजारका लगानीकर्ता : डुब्न लागेको बैंकको शेयरमा लगाए पोजेटिभ सर्किट  « Khabarhub

शेयर बजारका लगानीकर्ता : डुब्न लागेको बैंकको शेयरमा लगाए पोजेटिभ सर्किट 


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड डुब्ने खतरा देखाउँदै निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगायो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समेत सूचिकृत रहेको कम्पनीमा भने आज (बुधबार) सकारात्मक सर्किट लेभलमा बढ्यो । 

मंगलबार मात्र राष्ट्र बैंकले उक्त बैंकको खराबर कर्जा ४० प्रतिशत भन्दा बढी भएको भन्दै त्यस बैंकमा बचत गर्ने लगानीकर्ता डुब्न सक्ने भन्दै निक्षेप संकलन रोक्दा यता शेयर बजारमा भने उच्च मूल्य कायम गरिरहेको छ । 

बुधबार नेप्से बन्द हुँदा कर्णाली बैंकको शेयर मूल्य ८४५ रुपैयाँ ९० पैसा पुगेको छ । जुन हालसम्मको उच्च मूल्य हो । बुधबार मात्र कर्णालीको शेयर मूल्य प्रतिकित्ता ७६.९० रुपैयाँ अर्थात १० प्रतिशतले बढेको छ ।

मंगलबार राष्ट्र बैंकले डुब्न लागेको भनेर सूचना जारी गरेपछि घटेर बजार बन्द हुँदा ७६९ रुपैयाँ कायम भएको थियो । तर आज भने पोजेटिभ लेवलमा शेयर मूल्य कारोबार भएको छ ।

आज उक्त बैंकको न्यूनतम ७२८ रुपैयाँसम्म पुगेको छ भने उच्चता अन्तिम मूल्य कायम भएको छ । उक्त कम्पनीको शेयर २ लाख ५० हजार ४३९ कित्ता शेयर १ हजार १७४ पटक किनबेच भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकको ५ लाख २८ हजार ३०० कित्ता शेयर नेप्सेमा सूचिकृत रहेको छ । जसमा ५१ प्रतिशत अर्थात २५ लाख ६४ हजार ४३३ कित्ता शेयर प्रवद्धको रहेको छ । जुन शेयर कारोबारमा आउँदैनन् । 

उक्त कम्पनीको ४९ प्रतिशत अर्थात २४ लाख ६३ हजार ८६७ कित्ता शेयर सर्वसाधारणको रहेको छ । उक्त शेयर भने दैनिक जसो कारोबार हुने गर्छ ।
बुधबारको अन्तिम कारोबारका आधारमा कर्णालीको मार्केट क्यापिटल ४ अर्ब २५ करोड ३४ लाख ३८ हजार ९७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : १४ बजे

युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ..

काठमाडौं – झापा ५ का उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काँक्रेविहार– निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारकाविरुद्ध उजुरी दिन सकिने

काठमाडौं– मनोनयन पत्र दर्ता गरी उम्मेदवारको सूचीमा समावेश भएका उम्मेदवारविरुद्ध

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र