अब मोबाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दै छ चमत्कार « Khabarhub

अब मोबाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दै छ चमत्कार


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदै छ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि गायब हुँदैछन् जस्तो देखिन्छ।

वास्तवमा कम्पनीले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने घोषणा गरेको छ। यो उन्नत प्रविधिले परम्परागत मोबाइल टावरहरूलाई बाइपास गर्दै स्मार्टफोनहरूलाई सीधै उपग्रहमा जडान गर्न सकिनेछ । यो पहलले नियमित नेटवर्क कभरेज नभएका क्षेत्रमा पनि कनेक्टिभिटी ल्याउने लक्ष्य राखेको छ।

स्टारलिंकले आफ्नो स्याटेलाइट नेटवर्कलाई द्रुत गतिमा बलियो बनाउँदै छ। टवेकटाउनको को एक रिपोर्ट अनुसार प्रयोगकर्ताहरूले हाल स्याटेलाइट नेटवर्कहरूबाट २५० देखी ३५० एमबीपीएस सम्मको गति प्राप्त गरिरहेका छन्, जुन धेरै फाइबर इन्टरनेट भन्दा छिटो छ।

उदाहरणको लागी दक्षिण अस्ट्रेलियामा फाइबर नेटवर्क को गति ५० देखी ६० एमबिएस छ। यति मात्र होइन, स्टारलिंकले धेरै ठूला टेलिकम कम्पनीहरूसँग साझेदारी गरिरहेको पनि पुष्टि गरेको छ । यो घोषणा एलोन मस्कद्वारा पनि साझा गरिएको छ।

यो प्रविधिलाई गेम चेन्जर मानिन्छ किनभने यसले नियमित सेल टावरहरू बिना नै स्याटेलाइट र स्मार्टफोनबीच सीधा जडान गर्न सक्छ। यस प्रविधिको सहयोगमा तपाईले ग्रामीण तथा पहाडी क्षेत्रमा समेत उत्कृष्ट कनेक्टिभिटी पाउनु हुनेछ । यसलाई सन् २०२५ सम्ममा टेक्स्टिङ, कलिङ र डाटा सेवाका लागि थप सुधार गर्ने योजना छ ।

स्पेसएक्सको यो प्रणालीले मोबाइल नेटवर्क र स्याटेलाइट टेक्नोलोजीलाई संयोजन गर्दछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई कुनै विशेष हार्डवेयर वा एपको आवश्यकता पर्दैन।

डायरेक्ट–टू– सेल प्रविधिले नेटवर्क पुग्न नसक्ने क्षेत्रहरूमा कभरेज प्रदान गर्नेछ। यो प्रविधिले लाखौँ आइओटी यन्त्रहरू जडान गरेर औद्योगिक र विश्वव्यापी सञ्चालन सुधार गर्नेछ। यति मात्र होइन, यो प्रविधिले आपत्कालीन अवस्थामा ग्रामीण क्षेत्र वा नेटवर्क नभएको क्षेत्रमा यात्रा गर्दा प्रयोगकर्तालाई राम्रो कनेक्टिभिटी दिनेछ। -न्युजकारखानाबाट साभार

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : ५८ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष