अब मोबाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दै छ चमत्कार « Khabarhub

अब मोबाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दै छ चमत्कार


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदै छ। एलोन मस्कको स्टारलिङ्कले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि गायब हुँदैछन् जस्तो देखिन्छ।

वास्तवमा कम्पनीले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने घोषणा गरेको छ। यो उन्नत प्रविधिले परम्परागत मोबाइल टावरहरूलाई बाइपास गर्दै स्मार्टफोनहरूलाई सीधै उपग्रहमा जडान गर्न सकिनेछ । यो पहलले नियमित नेटवर्क कभरेज नभएका क्षेत्रमा पनि कनेक्टिभिटी ल्याउने लक्ष्य राखेको छ।

स्टारलिंकले आफ्नो स्याटेलाइट नेटवर्कलाई द्रुत गतिमा बलियो बनाउँदै छ। टवेकटाउनको को एक रिपोर्ट अनुसार प्रयोगकर्ताहरूले हाल स्याटेलाइट नेटवर्कहरूबाट २५० देखी ३५० एमबीपीएस सम्मको गति प्राप्त गरिरहेका छन्, जुन धेरै फाइबर इन्टरनेट भन्दा छिटो छ।

उदाहरणको लागी दक्षिण अस्ट्रेलियामा फाइबर नेटवर्क को गति ५० देखी ६० एमबिएस छ। यति मात्र होइन, स्टारलिंकले धेरै ठूला टेलिकम कम्पनीहरूसँग साझेदारी गरिरहेको पनि पुष्टि गरेको छ । यो घोषणा एलोन मस्कद्वारा पनि साझा गरिएको छ।

यो प्रविधिलाई गेम चेन्जर मानिन्छ किनभने यसले नियमित सेल टावरहरू बिना नै स्याटेलाइट र स्मार्टफोनबीच सीधा जडान गर्न सक्छ। यस प्रविधिको सहयोगमा तपाईले ग्रामीण तथा पहाडी क्षेत्रमा समेत उत्कृष्ट कनेक्टिभिटी पाउनु हुनेछ । यसलाई सन् २०२५ सम्ममा टेक्स्टिङ, कलिङ र डाटा सेवाका लागि थप सुधार गर्ने योजना छ ।

स्पेसएक्सको यो प्रणालीले मोबाइल नेटवर्क र स्याटेलाइट टेक्नोलोजीलाई संयोजन गर्दछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई कुनै विशेष हार्डवेयर वा एपको आवश्यकता पर्दैन।

डायरेक्ट–टू– सेल प्रविधिले नेटवर्क पुग्न नसक्ने क्षेत्रहरूमा कभरेज प्रदान गर्नेछ। यो प्रविधिले लाखौँ आइओटी यन्त्रहरू जडान गरेर औद्योगिक र विश्वव्यापी सञ्चालन सुधार गर्नेछ। यति मात्र होइन, यो प्रविधिले आपत्कालीन अवस्थामा ग्रामीण क्षेत्र वा नेटवर्क नभएको क्षेत्रमा यात्रा गर्दा प्रयोगकर्तालाई राम्रो कनेक्टिभिटी दिनेछ। -न्युजकारखानाबाट साभार

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : ५८ बजे

विश्वकप २०२६: समूह ‘जे’ मा अर्जेन्टिना बलियो, मेसीसामु इतिहास रच्ने अवसर

काठमाडौँ – लियोनेल मेसी र अर्जेन्टिना लगातार विश्वकप उपाधि रक्षा

सुस्तामा तटबन्ध निर्माणको अवस्था (तस्बिर)

नवलपरासी– पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि

लिरिकल्ली फितलो बन्दै लाहुरे

काठमाडौँ – व्यवसायिकरुपमा सफल सर्वाधिक सफल हिपहप आर्टिस्ट हुन्– आशिष

दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा

भालुको आक्रमणबाट आठ भेडा मरे

जुम्ला– जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर