नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने « Khabarhub

नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । 

मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त सचिव डा टंक बारकोटीले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको जानकारी दिए।

सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ ।

प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालासँग आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माणमा सम्मेलन कोशेढुङगा सावित हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटा बताए।

डिजिटल उपकरण र प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा ल्याउनसक्ने सुधार र प्रभावबारे पहिचान तथा प्रवासी समुदायसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरूबारे सम्मेलनमा छलफल गरिने जनाइएको छ । 

मन्त्रालयले अनुसन्धान, शिक्षा र स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन अघि बढाउन अनुसन्धान र शैक्षिक पहललाई प्रोत्साहन गर्ने तथा सबै स्वास्थ्यकर्मी, अनुसन्धनाकर्ता संस्थाहरू र विश्वका ९० भन्दाबढी मुलुकमा रहेका स्वास्थ्यसम्बन्धी विषयमा क्रियाशील प्रवासी नेपालीको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ०९ बजे

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक

हिन्द महासागर सम्मेलनको लागि परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन् । उनी भारतका

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

तेहरान- इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप

मध्यपूर्व युद्ध : तनाव, वार्ता र अनिश्चितता

एजेन्सी– अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन