लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा छलफलमा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि गम्भीरताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सबै मन्त्रालयहरूबाट एकीकृत रुपमा प्रस्तुतीकरण भएको र मन्त्री तथा सचिवहरूले आफ्ना मन्त्रालयका बारेमा कुरा राखेको बताए ।

मन्त्रालयको प्रगति विवरण सुनेपछि प्रधानमन्त्रीले झन गतिका साथ अघि बढ्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए । उनले केही सुधार गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ३४ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम