पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना : तनहुँका शंकरनारायण जेल चलान « Khabarhub

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना : तनहुँका शंकरनारायण जेल चलान


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिका वडा नं. ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका एकजना जेल चलान भएका छन् ।

प्रहरीले शनिबार पक्राउ गरेर अदालतमा पेश गर्दा धरौटी बुझाउन नसकेपछि तनहुँको व्यास नगरपालिका वडा नं. १० का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ जेल चलान भएका हुन् ।

उनीसँग जिल्ला अदालत कास्कीले ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर धरौटी बुझाउन नसकेपछि श्रेष्ठ कारागार चलान भएको कास्की प्रहरीका सूचना अधिकारी एवम् डीएसपी वसन्तकुमार शर्माले बताए ।

पोखराको प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलेको छ। एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरिसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : ३७ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ