‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’ « Khabarhub

‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताएका छन् । 

मन्त्री पौडेलले बुधबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा सुभारम्भ एवं निरीक्षण तथा अनुगमन पछि आयोजित अन्तरक्रियामा अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताएका हुन् ।

अस्पतालले आफ्नै फार्मेसीबाट औषधि बिक्री गर्दा अस्पताललाई नै नाफा हुने भन्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा उपलब्ध भएको औषधि पक्कै पनि अन्यत्रभन्दा सस्तो हुनेहुँदा सेवाग्राहीलाई पनि सजिलो हुने धारणा व्यक्त गरे । 

अस्पतालको सबै फार्मेसीमा औषधि उपलब्ध गराउनका लागि मन्त्रालयले योजनाका साथ काम गर्दै आएको मन्त्री पौडेलले जानकारी दिए। उनले अस्पतालको फार्मेसीमा पाइने सबै औषधिहरूको मूल्य पनि प्रष्टसँग देखिनेगरी टाँस गर्नुपर्ने भन्दै सेवाग्राहीले औषधि किन्दा मूल्य हेरेर किन्ने अवस्था हुनुपर्ने बताए । देशका सबै  सरकारी अस्पतालको सेवामा एकरूपता ल्याउनेगरी काम गर्दै आएको उनको भनाइ थियो ।

मन्त्री पौडेलले अस्पतालको सेवामा दुई सिफ्ट लागू गरिएका सन्दर्भमा तेस्रो सिफ्ट पनि सञ्चालनको तयारीमा लागेको भन्दै र यसका लागि जनशक्तिको व्यवस्थापनमा आफूहरू लागेको उल्लेख गरे। उनले भएका जनशक्तिको परिचालन गरेर धेरै सेवा दिनुपर्नेमा जोड दिए। स्वास्थ्य सेवा सधैँ गुणस्तरीय मात्रै हुनपर्ने भन्दै उनले अस्पतालले कुनै पनि बहाना बनाएर सेवा दिन कञ्जुस्याइँ गर्न नहुने बताए।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : २४ बजे

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन