दुई सय दश जना किसान सम्मानित | Khabarhub Khabarhub

दुई सय दश जना किसान सम्मानित


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – ‘युवा किसान सञ्जाल’ले जिल्लाको दुई सय दश जना किसानलाई सम्मान गरेको छ ।

ककनी–२ नुवाकोटमा मुख्य कार्यालय रहेर किसानको पक्षमा वकालती गर्दै आएको उक्त संस्थाले आज एकैदिन नुवाकोटको कृषि क्षेत्रको विभिन्न विधामा योगदान पुर्‍याउँदै आएका किसानलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा योगदानको आधारमा जिल्लास्तरीय, पालिकास्तरीय, वडास्तरीय, कृषि र पशुपन्क्षी पालन, दूध उत्पादक लगायतका क्षेत्रमा आबद्ध किसान रहेका छन् ।

‘उत्कृष्ट किसान’ लाई सम्मान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले किसानको मिहिनतले देशको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे । किसानको जीवनस्तर उकास्दै जनजीवन सुधारको लागि बागमती प्रदेश सरकारले सङ्घ र पालिकासँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

“कृषि पेसालाई सम्मानित, सुनिश्चित र लगानीमैत्री वातावरण बनाउन चुनौतीपूर्ण अवस्थाबाट धेरै सुधार भइसकेको छ”, उनले भने, “शिक्षित युवालाई पेसामा आकर्षित गराउन सरकारले उत्पादनमा आधारित अनुदान, सहयोग र तालिमका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।”

युवा किसान सञ्जालले नुवाकोटमा रहेका बाह्रवटा पालिका र ८८ वटा वडाबाट लिएको जानकारी, सङ्कलन गरेको तथ्याङ्क कृषि क्षेत्रमा पु¥याउँदै आएको योगदानको आधारमा उत्कृष्ट छनोट भएका दुई सय दश जनालाई एकैसाथ सम्मान गरेको अध्यक्ष श्रीराम घिमिरेले जानकारी दिए ।

कृषि क्षेत्रको विकासको लागि काठमाडौंको शान्तिबाटिकामा पाँच पटकसम्म आमरण अनसनमार्फत सरकारलाई दबाब दिदै आउनुभएका सञ्जालका अध्यक्ष घिमिरेले विगतको तुलनामा किसानको जीवनस्तरमा सुधार हुँदै आएकाले अब निराश हुनुपर्ने अवस्था नभएको बताए । तर, शिक्षित युवालाई पेसामा आबद्ध गराउन र लगानीमैत्री वातावरण बनाउन भने सरकारको नीति तथा कार्यविधिमा धेरै सुधार आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : ३५ बजे

काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित

पोखराले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहानको खेलमा

बुटवलमा जिप दुर्घटना, तीनजनाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बोलेरो जिप दुर्घटना

काठमाडौंको तापक्रम २.० डिग्री सेल्सियसमा झर्‍याे

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं

आज पनि चलेनन् पोखराका कप्तान कुशल : १२ औं ओभरमा चार विकेट गुमायो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा