दुई सय दश जना किसान सम्मानित « Khabarhub

दुई सय दश जना किसान सम्मानित


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – ‘युवा किसान सञ्जाल’ले जिल्लाको दुई सय दश जना किसानलाई सम्मान गरेको छ ।

ककनी–२ नुवाकोटमा मुख्य कार्यालय रहेर किसानको पक्षमा वकालती गर्दै आएको उक्त संस्थाले आज एकैदिन नुवाकोटको कृषि क्षेत्रको विभिन्न विधामा योगदान पुर्‍याउँदै आएका किसानलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा योगदानको आधारमा जिल्लास्तरीय, पालिकास्तरीय, वडास्तरीय, कृषि र पशुपन्क्षी पालन, दूध उत्पादक लगायतका क्षेत्रमा आबद्ध किसान रहेका छन् ।

‘उत्कृष्ट किसान’ लाई सम्मान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले किसानको मिहिनतले देशको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे । किसानको जीवनस्तर उकास्दै जनजीवन सुधारको लागि बागमती प्रदेश सरकारले सङ्घ र पालिकासँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

“कृषि पेसालाई सम्मानित, सुनिश्चित र लगानीमैत्री वातावरण बनाउन चुनौतीपूर्ण अवस्थाबाट धेरै सुधार भइसकेको छ”, उनले भने, “शिक्षित युवालाई पेसामा आकर्षित गराउन सरकारले उत्पादनमा आधारित अनुदान, सहयोग र तालिमका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।”

युवा किसान सञ्जालले नुवाकोटमा रहेका बाह्रवटा पालिका र ८८ वटा वडाबाट लिएको जानकारी, सङ्कलन गरेको तथ्याङ्क कृषि क्षेत्रमा पु¥याउँदै आएको योगदानको आधारमा उत्कृष्ट छनोट भएका दुई सय दश जनालाई एकैसाथ सम्मान गरेको अध्यक्ष श्रीराम घिमिरेले जानकारी दिए ।

कृषि क्षेत्रको विकासको लागि काठमाडौंको शान्तिबाटिकामा पाँच पटकसम्म आमरण अनसनमार्फत सरकारलाई दबाब दिदै आउनुभएका सञ्जालका अध्यक्ष घिमिरेले विगतको तुलनामा किसानको जीवनस्तरमा सुधार हुँदै आएकाले अब निराश हुनुपर्ने अवस्था नभएको बताए । तर, शिक्षित युवालाई पेसामा आबद्ध गराउन र लगानीमैत्री वातावरण बनाउन भने सरकारको नीति तथा कार्यविधिमा धेरै सुधार आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ९ : ३५ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६