भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन | Khabarhub Khabarhub

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

आर्थिक सुधारका पर्याय सिंह


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा गएराति उपचारकोक्रममा निधन भएको भारतीय सञ्चामाध्यमले उल्लेख गरेका छन् ।

सिंहको भारतीय समयअनुसार बिहीबार राति करिब पौने १० बजे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।

सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए । पूर्व अर्थमन्त्रीसमेत रहेका सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ ।

आर्थिक सुधारका पर्याय सिंह
मनमोहन सिंह भारतीय अर्थतन्त्र सुधार नायक मानिन्छ। सिंहको ९२ वर्षको उमेरमा बिहीबार रातिनिधन भएको हो। उनको निधनको समयमा काँग्रेस वरिष्ठ नेतृ सोनिया गान्धी पनि अस्पताल पुगेकी थिइन्।

सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री भएका थिए। उनको समय आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ।

सन् १९९१ देखि राज्य सभाका नेता भएका उनी सन् १९९८ देखि २००४ सम्म प्रमुख प्रतिपक्षी दलका नेता भएका थिए।

२२ मे २००४ मा भारतका प्रधानमन्त्री भएका उनी २२ मे २००९ मा दोस्रो पटक भारतका प्रधानमन्त्री भए। खाडी युद्धले संसारलाई असर गरीरहेको समयमा उनी भारतका अर्थमन्त्री भएका थिए। सो समयमा वैदेशिक रोजगारी र रेमिट्यान्समा आएको गिरावटको कारण भारतमा संकट थियो। त्यसै समयमा सिंहले ‘राम्रो गर्न चाहेमा कसैले रोक्न नसक्ने’ बताउँदै सबैलाई उत्साहित बताएका थिए।

उनले आर्थिक उदारीकरणको नीति तथा भूमि सुधार नीति ल्याउँदै उत्पादनमा जोड दिएका थिए। साथै आयातलाई निरुत्साहित गर्दै घरेलु उत्पादनलाई प्राथमिकता दिने नीति बनाए।

यसपछि नै सन् १९९० देखि २००० को बिचको समयलाई भारतीय अर्थतन्त्रको विकासको युगमा रूपमा पनि लिन थालिएको हो।

सन् २००४ देखि २०१४ को समयमा दुई कार्यकाल प्रधानमन्त्रीको रूपमा उनको कार्यकाल र दूरदर्शी नेतृत्वको कारण परिचित थियो। उनको कार्यकालमा सामाजिक रूपान्तरणका काम पनि धेरै भए। उनले ल्याएका केही सामाजिक सुधारका कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय छन्।

राष्ट्रिय ग्रामीण रोजगारी सुरक्षा ऐन एकदमै लोकप्रिय थियो। सिंहकै नीतिका कारण सन् २००८ मा संसारका अन्य देशले आर्थिक मन्दीका चपेडामा पर्दा भारत उम्किएको थियो।

मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए। उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले उनको निधनमा शोक व्यक्त गरेका छन्।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : ५७ बजे

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन – लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका

ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश

काठमाडाैं – सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन रोक्न

गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउबिजनमा

एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार

काठमाडौं – काठमाडौं महानगरपालिकाअन्तर्गत सहरी योजना आयोगले चालु आर्थिक वर्षको