फुलहामसँग चेल्सी पराजित « Khabarhub

फुलहामसँग चेल्सी पराजित


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको चेल्सी घरेलु भूमिमा फुलहामसँग २–१ ले पराजित भएको छ।

शानदार कमब्याक गरेको फुलहामका लागि इन्जुरी समयको छैटौँ मिनेटमा वैकल्पिक खेलाडी रोड्रिगो मुनिजले गोल गरे।

खेलको १६ औं मिनेटमा कोल पालमरको गोलमा चेल्सीले अग्रता लिएको थियो। पालमरको यो वर्षको २६ औं प्रिमियर गोल हो।

यसपछि लगातार चेल्सीमाथि आक्रमण गरेको फुलहामले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो। खेलको ८२ औं मिनेटमा वैकल्पिक खेलाडी हेरी विल्सनले गोल गर्दै फुलहामलाई खेलमा फर्काएका थिए।

फुलहामले यस सिजनमा लिभरपुल र आर्सनलसँग पनि बराबरी गरिसकेको छ। जित पछि फुलहाम २८ अङ्कसहित आठौँ स्थानमा उक्लेको छ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ७ : २८ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी