कार्यपालिकाको बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा « Khabarhub

कार्यपालिकाको बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ – केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधा सम्पन्न सभा हलमा सञ्चालन हुँदै आएको नियमित बैठक यस पटक भने केपिलासगढीको खुला चौरमा सञ्चालन भएको हो ।

केपिलासगढीका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त स्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए ।

‘गाउँपालिकाको नामकरणको आधारसमेत रहेको केपिलासगढीमा गाउँ कार्यपालिकाका अधिकांश सदस्य पुग्नुभएको थिएन । बैठकको माध्यमबाट उहाँहरूलाई ऐतिहासिकस्थलको भ्रमण गराइएको छ’, उनले भने, ‘कार्यपालिकाको बैठकले केपिलासगढीको संरक्षण तथा प्रवर्द्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम ल्याउने कार्यपालिका बैठकमा सहभागी जनप्रतिनिधिबीच सहमति भएको छ ।’

कार्यपालिकाको बैठकमा केपिलासगढीका बारेमा पाटन संयुक्त क्याम्पस काठमाडौँका पूर्वप्राध्यापक एवं संस्कृतिविज्ञ चतुरभक्त राईले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनुपर्ने कार्यक्रम उल्लेख गरिएको छ ।

बैठकमा सहभागी जनप्रतिनिधि तथा कर्मचारीका लागि थुन्चेमा बोकेर लगिएको सेलरोटी, अचार र सुठुनीका साथै स्थानीय किवीको जुस खाजाको रूपमा उपलब्ध गराइएको थियो । केपिलासगढी दरबार क्षेत्रमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाको पहलमा विभिन्न जातको गुराँसका बिरुवा रोप्नेलगायत क्रियाकलाप गरिएको छ । सिमेन्टको कङ्क्रिट प्रयोग गरेर निर्माण गरिएको बन्द कोठाको सट्टा प्रकृतिको काखमा बसेर पहिलो पटक कार्यपालिकाको नियमित बैठक सञ्चालन गरिएको हो ।

जलवायु परिवर्तनको असरबाट जोखिम क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले जलवायुको असर न्यूनीकरणका लागि वार्षिक नीति, कार्यक्रम साथै विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु असर न्यूनीकरण गर्नुपर्ने सांकेतिक अभियान र प्रयासका रूपमा समेत बैठक प्रकृतिमा गएर सञ्चालन गरिएको हो ।

बैठकमा पूर्वप्राध्यापक, समाजसेवी एवं संस्कृतिविज्ञ चतुरभक्त राईलाई गाउँपालिकाको तर्फबाट कदरपत्रसहित सम्मान गरिएको उपप्रमुख गुरुराज राईले जानकारी दिए । केपिलासगढीमा विसं १८३० सम्म किराती राजा निगुहाङले राज गरेको प्रमाण भेटिएको छ ।

 तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकृत गर्ने क्रममा अमरसिं थापा नेतृत्वमा आएको सैन्य टोलीले केपिलासगढी कब्जा गरेको जनाइएको छ । बाक्सिला बजार नजिकै रहेको केपिलासगढीमा राजा बस्ने दरबार, सैनिक क्याम्प, बंकरलगायत संरचना अझै देख्न सकिन्छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढीलाई संस्कृतिविज्ञ चतुरभक्त राईकै नेतृत्वमा संरक्षण गरेर राखिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : १५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक