यमनमा हवाई आक्रमण भइरहेको समयमा पुगे डब्लुएचओ प्रमुख « Khabarhub

यमनमा हवाई आक्रमण भइरहेको समयमा पुगे डब्लुएचओ प्रमुख


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

साना – यमनमा हवाई आक्रमण भइरहेकै समयमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख र अन्य राष्ट्र सङ्घका अधिकारी सानाको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

सामाजिक सञ्जालमा डब्लुएचओका महानिर्देशक टेड्रस आर्धहन गेब्रेसियसले उनी र अन्य कर्मचारी बमबारी भइरहेकै समयमा विमानस्थलमा पुगेका बताएका छन्।

विमान चालक दलका एक जना घाइते समेत भए। उनका अनुसार सोही स्थानमा भएको आक्रमणमा दुई जनाको ज्यान समेत गएको छ।

हाउथीले सञ्चालन गरेको सञ्चार माध्यमका अनुसार ऊर्जा केन्द्र र बन्दरगाहमा भएको आक्रमणमा कम्तीमा ३ जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएका छन्।

इजरायल डिफेन्स फोर्स (आइपिएफ)ले पश्चिम तट र यमनमा हाउथीको प्रभाव क्षेत्रलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ।

आइडिएफले साना विमानस्थालको सैन्य संरचनामा आक्रमण गरेको जनाएको छ। हाउथीका प्रमुख मोहम्मद अलि हाउथीले सो आक्रमण अमानवीय र त्रासदीय रहेको बताए ।

उनले गाजामा युद्ध भएसम्म अमेरिका र इजरायलको अहङ्कार कायम रहने बताए।प्रहरी अस्पतालमा कार्यरत डा. अब्बबास राजेहले सो आक्रमण लगत्तै १० जनालाई उपचार गरेको तथा एक जना मरेको समेत बताए।

इरानले सो आक्रमणलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका सबै मापदण्डका उल्लङ्घन भनेको छ। सन् २०२३ को अक्टोबर महिनामा सुरु भएको गाज युद्धको पहिलो महिनादेखि नै हाउथीले इजरायलमा आक्रमण गरी रहेको थियो।

यसै साताको सुरुवातमा इजरायलले हाउथी माथिको आक्रमण तीव्र बनाउने जनाएको थियो। सो आक्रमणमा माथिल्लो तहको नेतृत्वलाई निसाना बनाइने जनाइएको थियो।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ०० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको