एमालेनिकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने « Khabarhub

एमालेनिकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ ।

बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने  निर्णय गरेको छ ।  महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको अध्यक्षता तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, पार्टी पोलिटब्युरो सदस्य सुजिता शाक्य, पार्टी केन्द्रीय सदस्य तथा खेलकुद महासंघ इन्चार्ज जेएन थपलिया लगायतको सहभागिता थियो ।

बैठकले पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्नुका साथै दसौँ बृहत् राष्ट्रिय खेलकुद, राष्ट्रिय संघ र ओलम्पिक कमिटी, महासंघका घटक संघ व्यवस्थित गर्ने,  सामाजिक सञ्जालमा नीति र नेता रक्षा तथा सकारात्मक जनचेतना मूलक अभियान सञ्चालन, वडा तहसम्म राजनीतिक वैचारिक प्रशिक्षण सञ्चालन, जनतासँग जनसंगठन विशेष अभियान तथा  प्रदेश र जिल्ला कमिटीका अधिवेशन सम्बन्धमा छलफल भएको छ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ९ : ३८ बजे

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ