तिलावे पुल मर्मत सम्भारको माग « Khabarhub

तिलावे पुल मर्मत सम्भारको माग


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुल स्थानीयले अविलम्ब मर्मतसम्भार हुनुपर्ने माग गरेका छन् ।

पुलको स्पान भत्किएको साढे तीन महिना भएपनि जलस्रोत तथा सिँचाइ विभागबाट निरीक्षणबाहेक मर्मत सम्भारको प्रयास नहुँदा स्थानीयले अविलम्ब पुल बनाउनुपर्ने माग गरेका हुन् ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेशप्रसाद साहले पुसको पहिलो साता जलस्रोत तथा सिँचाइ विभागबाट उपमहानिर्देशक वासु तिमिल्सेनाको नेतृत्वमा स्थलगत निरीक्षण गरेर गएको जानकारी दिए।

‘जलस्रोत तथा सिँचाइ विभागका निरीक्षण गर्न आएका टोलीले सडक विभागका महानिर्देशकलाई तिलावे पुल मर्मतसम्भार थाल्न अनुरोध गरेको छ’, उनले भने, ‘निरीक्षण टोलीले भत्किएको पुलको स्पानमात्रै मर्मतसम्भार गरेर सञ्चालन गर्ने वा अर्को दुई लेनको नयाँ पुल निर्माण गर्ने सुझाव दिएको छ । यद्यपि निर्णय भएको छैन ।’

पुल नजिकबाट पथान्थरण गरिएको छ । ‘हामीले सहज रूपमा सवारीसाधन सञ्चालन गर्न डाइभर्सन गरेका  छौँ । डाइभर्सन पनि एक साताभित्रै ग्राभेल गर्नेछौँ’, उनले भने। हाल यो पुलमा सवारीसाधन चलाउन रोक लगाइएको छ । तिलावे पुल ५० वर्षअघि  निर्माण भएको हो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ०७ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको