जग्गा लिलाम गरेको भन्दै सिद्धार्थ बैंकविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

जग्गा लिलाम गरेको भन्दै सिद्धार्थ बैंकविरुद्ध प्रदर्शन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम -व्यवसायीको जग्गा छल गरी लिलाम गरेको आरोप लगाउँदै स्थानीय उद्योगी, व्यवसायीहरू सिद्धार्थ बैंकविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा  उनीहरू सिद्धार्थ बैंकको मिल्सएरिया साखा तल प्रदर्शन गरिरहेका छन् । ऋणीले ऋण चुक्ता गर्न तयार रहेको बताए पनि छल गरी जणा अन्य व्यक्तिको नाममा पास गरेको अध्यक्ष भण्डारीले जनाए।

आफ्‌नो रोहवरमा बैंकका प्रबन्धक र ऋणी रायबीच आइतबार चुक्ता गर्ने सहमति भए पनि शुक्रबार नै मालपोत कार्यालय धनुषामा पत्राचार गरी जम्णा पास गराएको अध्यक्ष भण्डारीले आरोप लगाएका छन्।

बैंकले धोका दिएपछि विरोध जनाउँदा प्रहरीले पीडित कणी रायलाई कुटपिट गरेको र उनका भाइ महेश रायलाई प्रहरीले पक्राउ गरेको भण्डारीले बताए ।

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बैंकमा होहल्ला गरेकाले रायलाई पक्राउ गरेको पुष्टि गरेका छन् । बैंक मैनेजर, ऋणी र जउवा संघलाई समस्याको समाधान गर्न आग्रह गरेको बताउँदै एसपी तिवारीले भने, स्थिति नियन्त्रणमा रहेको छ।

बिहिबार दिउँसो बैंकका प्रबन्धक अर्ग बलम्पाकी र लोन अधिकृतलाई प्रहरीले छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको धियो तर त्यहीपनि समाधान ननिस्केपछि पीडित र व्यवसायीहरुले भानुचोकमा धर्ना दिएका छन् ।

ऋण चुक्ता गर्न पटक पटक लिखित, मौखिक ताकेता गर्नुका साथै पत्रपत्रिकामा सूचना समेत प्रकाशनगर्दा समेत भुक्तान नगरेपछि लिलामीको प्रक्रियामा गएको बैंकका कर्मचारीहरूले जनाएका छन् ।

बैंकको जगा लिलाम सकारेका व्यक्तिले रकम चुक्ता गरी जग्गा पुर्जा समेत प्राप्त गरिसकेका छन् । बैंकका कर्मचारीहरूले ऋण असुलीको नाममा भू-माफियाहरूसित मिलेर जग्गा लिलाम गरिरहेको अध्यक्ष भण्डारीले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ११ : ५७ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को