काठमाडौं –दुग्ध क्षेत्रको विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेफर इन्टरनेशनल नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सरकारको तर्फबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव र हेफर इन्टरनेशनल नेपालका प्रमुख डा. तीथ रेग्मीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
संघीय कृषि मन्त्रालयले कच्चा दूधको विविधीकरण, प्रयोगशालाहरूको स्तरोन्नति, प्रदेश दुग्ध विकास बोर्डसँगको समन्वय हेफरले सहयोग पुर्याउने छ ।
कार्यक्रममा बोल्दै हेफर इन्टरनेशनलका लागि कार्यक्रम निर्देशक केशव साहले दुग्ध क्षेत्रका विकासका लागि समझदारी महत्त्वपूर्ण हुने जानकारी दिए ।
कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहाल लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया