ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व कांग्रेसले गर्नुपर्छ : कृष्ण सिटौला « Khabarhub

ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व कांग्रेसले गर्नुपर्छ : कृष्ण सिटौला


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोश्रो भेलामा बोल्दै सिटौलाले अहिले सरकारको नेतृत्व केपी ओलीले गरे पनि पहिलो पार्टी र विभिन्न परिवर्तनमा खेलेको भूमिकाका आधारमा कांग्रेसले नै सरकारलाई नीतिगत नेतृत्व दिनुपर्ने बताए ।

कांग्रेसकै नेतृत्वमा तीनै तहका सरकारलाई जनताप्रति अधिकतम काम गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनले बताएका छन् ।

सिटौलाले पार्टी र सरकारबीच समझदारी नहुँदा मुलुकमा धेरै दुर्घटना भएकाले अब पार्टी र सरकारबीच राम्रो समझदारी हुनुपर्नेमा पार्टी स्पष्ट रहेको धारणा राखे ।

उनले संविधान कार्यान्वयनको गहन ढंगले समिक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

आगामी निर्वाचनमा सबै वडादेखि तहसम्मको निर्वाचनमा जित्ने गरि अहिलेदेखि नै तयारी गर्न उनले निर्देशन दिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १२ : ५८ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम