ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व कांग्रेसले गर्नुपर्छ : कृष्ण सिटौला « Khabarhub

ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व कांग्रेसले गर्नुपर्छ : कृष्ण सिटौला


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोश्रो भेलामा बोल्दै सिटौलाले अहिले सरकारको नेतृत्व केपी ओलीले गरे पनि पहिलो पार्टी र विभिन्न परिवर्तनमा खेलेको भूमिकाका आधारमा कांग्रेसले नै सरकारलाई नीतिगत नेतृत्व दिनुपर्ने बताए ।

कांग्रेसकै नेतृत्वमा तीनै तहका सरकारलाई जनताप्रति अधिकतम काम गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनले बताएका छन् ।

सिटौलाले पार्टी र सरकारबीच समझदारी नहुँदा मुलुकमा धेरै दुर्घटना भएकाले अब पार्टी र सरकारबीच राम्रो समझदारी हुनुपर्नेमा पार्टी स्पष्ट रहेको धारणा राखे ।

उनले संविधान कार्यान्वयनको गहन ढंगले समिक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

आगामी निर्वाचनमा सबै वडादेखि तहसम्मको निर्वाचनमा जित्ने गरि अहिलेदेखि नै तयारी गर्न उनले निर्देशन दिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १२ : ५८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर